back
CTIZAN AD

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

वि.सं.२०८३ असार ३१ बुधवार

612 

shares

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ ।

बुधबार भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेकी छिन् ।

यस प्रकारको एसएमएस प्रवाह विगत देखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरिन् । उनीहरुले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद् सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएस मार्फत पठाइने छ । यस अनुसार वर्षा, हावाहुरी, चटयाङ, हिमपहिरो, हिमपात÷हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता प्रकोपहरुको पूर्वसूचना पठाइने छ ।

विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरु तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरुका एसएमएस पोलिगनहरु जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने छ । सम्झौता अनुसार पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायतका नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्रहरु वा उपयुक्त कुनै वेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइने छ । त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भूभाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइने छ ।

यस सम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगत देखि नै निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल टेलिकमले पहिले देखि नै ७०० वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १०० वटा समेत गरी ८०० वटा डाटा सहितको सिम निःशुल्क उपलब्ध गराउने छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग मार्फत विगत २०७३ साल देखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रवाह हुने यस प्रकारको पूर्वसूचनाबाट लाखौ व्यक्तिहरु लाभान्वित भएका र भविष्यमा समेत लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

वि.सं.२०८३ असार ३१ बुधवार १६:२२ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...