back
CTIZAN AD

यस्ता छन् मोही खानुका फाइदा

वि.सं.२०८१ असार ४ मंगलवार

3.2K 

shares

मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा विभिन्न पोषण तत्त्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ ।

पोषणविद् अनुसार मोही रसायनरहित प्राकृतिक पेय पदार्थ हो । मोहीमा कुनै केमिकल मिसाइएको हुँदैन । खाना खाएपछि पानीको सट्टा मोही पिउन सकिन्छ । मोही हाम्रो पाचन प्रणालीका लागि राम्रो हुन्छ ।

मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्त्व हुन्छ । मोही पिउनाले हड्डीको विकासमा सहायता गर्छ । मोहीमा पर्याप्त मात्रामा प्रोटिन, एमिनो एसिड हुन्छ । बच्चादेखि वृद्धसम्मका लागि यो एकदमै राम्रो हुन्छ । बच्चाको लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो ।

मोही कुन बेला पिउने ?

मोही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । विशेष गरी ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मोही पिउन नहुने पोषणविद्को भनाई छ । मोही बेलुकीभन्दा बिहान र दिउँसो पिउँदा प्रभावकारी मानिन्छ । आयुर्वेदमा खाना खाने बित्तिकै पानी पिउनु राम्रो मानिँदैन । तर, मोही पिउँदा स्वास्थ्यलाई हानि हुँदैन ।

बजारबाट मोहीलाई बजार ल्याउनुअघि यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसमा चिनी लगायत अन्य विकार वस्तु हाल्नु हुँदैन ।

मोही पिउँदाका फाइदा

–मोहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ ।

–मोहीलाई भुटेको जिराका साथ पिउनाले पाचन प्रणाली दुरुस्त राख्न मद्दत गर्छ, साथै पेटको गर्मी र अन्य समस्याबाट पनि जोगाउन मद्दत गर्छ ।

–मोटोपना अधिक हुँदा मोहीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ ।

–बिहान–साँझ मोही पिउँदा स्मरण शक्ति तेज हुन्छ । पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा मोहीमा एक चम्चा अदुवाको रस र पाउडर मिलाएर पिउनु लाभदायक हुन्छ ।

–बान्ता आउने जस्तो भएमा मोहीमा जाइफल पिसेर त्यसको मिश्रण पिउँदा लाभदायक हुन्छ ।

–सौन्दर्य समस्याको लागि मोही निकै फाइदाजनक हुन्छ, मोहीमा पिठो मिलाएर तयार गरिएको लेप लगाए छालाको चाउरीपना कम हुन्छ ।

–गुलाबको जरालाई मोहीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ ।

–शरीरमा पोलेको भाग छ भने तुरुन्त मोही लगाउँदा आराम मिल्छ ।

–कपाल झर्ने समस्यामा पनि मोही उत्तिकै उपयोगी हुन्छ । यसको लागि बासी मोहीले हप्तामा दुई दिन कपाल पखालेमा सिल्की र चम्किलो बनाउने गर्दछ ।

वि.सं.२०८१ असार ४ मंगलवार १२:४१ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...