back
CTIZAN AD

कविता : दरबार बाहिरको राजा

वि.सं.२०८१ असार ४ मंगलवार

2.1K 

shares

उदय अतीत (स्याङ्जा)

सिंहासन छैन, तर आत्मा विशाल छ,
मुकुट छैन, तर शिर उच्च छ,
दरबार छैन, तर हृदयमा राज्य छ।

मेरा लुगा साधारण छन्,
तर मन चोखो छ,
मेरा पाइला धुलोमा छन्,
तर हिम्मत अटल छ।

दरबारका भित्ता,
मेरा होइनन्,
तर मेरो संसार,
अनन्त छ,
मेरा सपना,
सिङ्गो ब्रह्माण्ड समाउँछन्।

मेरा सिपाही छैनन्,
तर साहस मेरो हतियार हो,
मेरा मन्त्री छैनन्,
तर विवेक मेरो सल्लाहकार हो।

म हरेक बिहान,
आफ्नो युद्धको मैदानमा,
उत्साहका साथ उत्रन्छु,
जीवनका सङ्घर्षमा,
सधैँ अगाडि बढ्छु।
म दरबार बाहिरको राजा हुँ,

मेरो राज्य मेरो मन हो,
मेरो ऐश्वर्य मेरो आत्मविश्वास हो,
मेरो सम्पत्ति मेरो सत्कर्म हो।

मेरा आँसुहरू,
मेरो शक्ति हुन्,
मेरा पीडाहरू,
मेरो प्रेरणा हुन्,
मेरा सङ्घर्षहरू,
मेरो विजय हुन्।
त्यसैले त..
म दरबार बाहिरको राजा हुँ,

संसारले नचिन्ने,
तर स्वयंलाई जान्ने,
सच्चा राजत्वको अर्थ बुझ्ने,
म दरबार बाहिरको राजा हुँ।
हो म संयम आफैँमा राजा हुँ।

वि.सं.२०८१ असार ४ मंगलवार १२:५३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...