back
CTIZAN AD

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

वि.सं.२०८३ असार १४ आइतवार

264 

shares

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर जनाइएको छ ।

चलचित्रका अभिनेता विशाल पोखरेलका अनुसार परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । उहाँले भन्नुभयो, “चलचित्रमा मैले अभिनेताका रूपमा प्रहरीको पात्रलाई जीवन्त बनाउने कोशिस गरेको छु । पहिलो पटक म प्रहरीको रूपमा प्रस्तुत भए पनि मेरो सानैदेखिकै सपना भने प्रहरी बन्नु थियो, यसपटक त्यसलाई चलचित्रमा पूरा गरे ।”

उनले चलचित्रमा आबद्ध हुनुको मुख्य कारण प्रहरीको चरित्र रहेको बताउनुभयो । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने उक्त चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्टले जानकारी दिए । उनले चलचित्र निर्माणमा कुनै सम्झौता नगरिएको जानकारी दिँदै दर्शकको दृष्टिकोणबाट चलचित्र तयार गरिएको बताए ।

अङ्गिरा थापा कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा छन्।

वि.सं.२०८३ असार १४ आइतवार १७:१० मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...