back
CTIZAN AD

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

वि.सं.२०८३ साउन ४ सोमवार

198 

shares

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१.७० अंकले वृद्धि भई २,७१९.२४ बिन्दुमा पुगेको हो ।

आज कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ । दिनभर भएका ६७,१५५ वटा कारोबारमार्फत ३४३ वटा कम्पनीका कुल १ करोड, २२ लाख ४५ हजार तीन सय ३७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कारोबार भएका कम्पनीहरूमध्ये कुल २३९ वटा कम्पनीको सेयर मूल्य बढेको ( छ भने ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैनन्

आज इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १४.९७ प्रतिशत र रिलायन्स लिपर्ड सिमेन्ट लिमिटेडको सेयर मूल्यमा १४.६४ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

उता सबैभन्दा बढी गुमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ब्ल्ीद्य) रहेको छ, जसको सेयर मूल्य ६.८६ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा अरुण काबेली पावर लिमिटेड शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २९ करोड १५ लाख ५२ हजार १५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०८३ साउन ४ सोमवार १६:५७ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...