back
CTIZAN AD

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

वि.सं.२०८३ साउन ४ सोमवार

186 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ ।

अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

कैलाली जिल्ला समितिलाई सदर
आयोगले कैलाली जिल्ला अधिवेशन विधिवत् रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै उक्त कार्यसमितिलाई सदर गरेको छ । गत जेठ २४ गते कैलाली जिल्ला अधिवेशन भएको थियो ।

वि.सं.२०८३ साउन ४ सोमवार १७:१० मा प्रकाशित

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...