back
CTIZAN AD

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

वि.सं.२०८३ भदौ ८ सोमवार

shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मतको तयारीसँगै सत्तारूढ नेकपा एमालेले आफ्ना सांसदलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बिहान प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री कार्कीको पक्षमा विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको हो। एमालेका सचेतक रमेशकुमार बस्नेतले दलको निर्णयबारे जानकारी दिएका छन्।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार प्रदेश सरकारमा नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

यसअघि साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक २०८१ वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यतिबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए। त्यस क्रममा एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ सांसदले कार्कीको पक्षमा मतदान गरेका थिए।

एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन टुटेर कांग्रेससँग नयाँ गठबन्धन बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए। उक्त मतदानमा ६६ सांसदले उनको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका थिए। मतदानमा ८३ सांसद सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसद छन्। त्यस्तै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ तथा जसपाका १ सांसद छन्।

यसैबीच, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई मुख्यमन्त्री कार्कीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेसले प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको हो।

एमालेका ४० सांसदले पक्षमा र कांग्रेसका २९ सांसदले विपक्षमा मतदान गर्ने अवस्थामा एमाले–नेकपा पक्षमा ५७ मत पुग्छ । त्यस अवस्थामा राप्रपा र जसपाको मतबिना पनि कार्कीलाई विश्वासको मत जुटाउन सहज देखिन्छ।

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

वि.सं.२०८३ भदौ ८ सोमवार ११:५८ मा प्रकाशित

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...