back
CTIZAN AD

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

वि.सं.२०८३ साउन ४ सोमवार

171 

shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जानै महिला सकुशल सम्पर्कमा आएका छन्।

उनीहरू साउन ३ गते बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका थिए।

त्यसपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली परिचालन गरी रातभर निकुञ्ज क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको थियो।

खोजी अभियानकै क्रममा सोमबार दिउँसो करिब १ः१० बजे सम्पर्कविहीन भएका सबै १४ जना महिला सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

उनीहरू सुरक्षित अवस्थामा फेला परेपछि परिवारका सदस्य र स्थानीयवासीले राहतको महसुस गरेका छन्। प्रहरीले उनीहरू सकुशल फेला परेको पुष्टि गर्दै घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

वि.सं.२०८३ साउन ४ सोमवार १४:३२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...