back
CTIZAN AD

संसदमा अमरेशको आक्रोश-‘काठमाडौंको फोहोर मेयर बालेनको अगाडि थुपारौं’

वि.सं.२०८१ असार ५ बुधवार

1.3K 

shares

काठमाडौं । सांसद अमरेश कुमार सिंहलेले काठमाडौंको महानगरको फोहोर महानगरपालिका र मेयर बालेन शाहको आँगनमा लगेर थुर्पान आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद सिंहले केही समय अगाडि सडक विभागमा मेयर बालेन शाहले फोहर थुपारेको भन्दै कवाडी व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

‘यहिको मेयर बालेनले सिकाउनु भएको छ । उहाले नै सडक विभाग अगाडि फोहोर थुर्पानु भएको छ । म संसदमार्फत् तमाम कवाडी साथीहरुलाई आग्रह गर्छु, सप्पै फोहोर महानगरपालिका र बालेन शाहको घरमा थुपारौं त्यसको लागि हामी साथमा छौं ।’ सांसद सिंहले भने ।

उनले यस्तो मेयर साहले नै सिकाएको भन्दै भने, ‘यो महानगरको मेयरले नै सिकाएको छ । अस्ति भर्खर उहाँले सडक विभागको अगाडि २ ट्रिपर फोहर थुर्पानु भएको थियो ।’

उनले कवाडीले बिजनेश गर्न पनि नपाउने भन्दै आक्राशित मुद्रामा भने-पपुलिज्मको नाममा दुनियामा तानाशाह जन्मेको छ । हिटलर पनि निर्वाचित भएर आएको थियो ।

उनले मधेशका कवाडी व्यवसायीहरु आन्दोलनरत रहेको र पाटन उच्च अदालतबाट दुईवटा अन्तरिम आदेश जारी गरेर कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश आइसकेको तथा उनीहरुको शान्तिपूर्ण आन्दोलनका क्रममा एकाएक लाठी चार्ज गरेर अन्याय गरिएको भन्दै आक्रोश पोखेका थिए ।

सांसद सिंहले मधेशीमाथि विभेद गरिएको भन्दै केहीले आन्दोलन गर्दा पानीको फोहोरा र केहीमाथि लााठी वर्साएर दर्जनौं घाइते बनाएको समेत उनले बताए । उनले आन्दोलनका क्रममा घाईते भएका सम्पूर्णलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने समेत माग गरे ।

 

 

 

वि.सं.२०८१ असार ५ बुधवार १३:२७ मा प्रकाशित

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...