back
CTIZAN AD

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

वि.सं.२०८१ असार ५ बुधवार

1.2K 

shares

दमक(झापा) । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।

गाउँपालिकाको शिक्षा शाखाको वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही रु १७ हजारदेखि अधिकतम रु ५० हजारसम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्दै कमलवासी विद्यार्थीको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस् भन्ने उद्देश्य राखेर सो रकम प्रदान गरिएको बताए ।

उनले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलवासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मूल प्रवाहमा आउन नसकेका, दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका नागरिकलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताए ।

आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई प्राथमिकताका साथ निरन्रता दिइने उनकोे भनाइ छ । छात्रवृत्तिबापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसलासमेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने कमल–१ घर भई हाल जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाइले बताईन् ।

वि.सं.२०८१ असार ५ बुधवार १६:२२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...