back
CTIZAN AD

छाउगोठमा राख्नेलाई कारबाही गर्न माग

वि.सं.२०८१ असार ६ बिहीवार

888 

shares

काठमाडौँ। प्रतिनिधि सभा सदस्य सिताकुमारी रानाले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा छाउगोठमा राख्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेकी छन् ।

उनले अछाम पञ्च देवल विनायक नगरपालिका–२ मा गएको असार ३ गते राती महिनावारी भएकी १६ वर्षीय किशोरी छाउगोठमा बस्दा सामूहिक बलात्कार भएको स्मरण गराउँदै नियम कानुनको प्रत्याभूति गराउन छाउगोठमा राख्नेहरूलाई कारबाही गर्न माग गरेकी हुन् ।
अछामको घटनाले महिलाहरू महिनावारी हुँदा छाउ गोठमा बस्न बाध्य भएको कुरा प्रमाणित गरेको सांसद रानाको दाबी छ ।

‘मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ६८ ले छाउपडी प्रथालाई फौजदारी अपराध मानेको छ । कर्णाली र सुदूर पश्चिममा छाउपडी प्रथा कायमै छ भन्ने यो घटनाले पुष्टि गर्दछ ।’ उनले भनिन्, ‘अछाममा २०६४ पछि छाउगोठमा बस्न बाध्य १७ जनाका ज्यान गएको छ । यस्ता अपराध रोकथाम गरी छाउगोठमा राख्नेहरूलाई कानुनी कारबाही गरे दण्डहीनताको अन्त्य भएर कानुनीले सार्थकता पाउँछ ।’

वि.सं.२०८१ असार ६ बिहीवार १२:२१ मा प्रकाशित

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...