back

विद्यादेवी भण्डारीजस्तै सक्षम बन्नुहोस् : शेरबहादुर देउवा

वि.सं.२०८१ असार ६ बिहीवार

678 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् ।

बिहीबार काँग्रेस निकट महिला सङ्घको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भण्डारी जस्तै सक्षम बन्न सुझाव दिएका हुन् ।

‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ । नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’, देउवाले भने ।

उनले निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने आफ्नो पार्टीले हार्ने भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । साथै काँग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक पर्ने उनले जोड दिए ।

 

वि.सं.२०८१ असार ६ बिहीवार १२:३१ मा प्रकाशित

सभापति लामिछानेको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरु माग

सभापति लामिछानेको सांसद पद फुकुवा गर्न रास्वपा सांसदहरु माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति...

एकीकृत समाजवादीको केन्द्रीय विभागकाे नेतृत्वमा को-को छन् ?

एकीकृत समाजवादीको केन्द्रीय विभागकाे नेतृत्वमा को-को छन् ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही माघ १४ गते पार्टीले...

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा,...

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको...

केबलकार बनाउने नाममा जनतामाथि ज्यादती भयो : राजेन्द्र लिङ्देन

केबलकार बनाउने नाममा जनतामाथि ज्यादती भयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार...

जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक...