काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुबैको को मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ कायम थियो ।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ भने बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ असार ६ बिहीवार १२:३५ मा प्रकाशित