back
CTIZAN AD

पिपलडाँडा मावि साउन्दीमा उद्घोषण सम्बन्धी प्रशिक्षण

वि.सं.२०८१ असार ११ मंगलवार

2.1K 

shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-९, साउन्दी स्थित पिपलडाँडा माध्यमिक विद्यालयमा उद्घोषण तथा समाचार लेखन सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।

बोल्ने कलाको विकास गराउने, समाचार लेखनको आधारभूत ज्ञान दिने उद्देश्यले उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई संयुक्त रूपमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा संसार न्युज डटकमका समाचार प्रमुख नारायण विश्वकर्माले उद्घोषणकला हुनेहरू सफल व्यक्तिको सूचीमा पहिलो नम्बरमा आउने गरेको बताए । उनले अभिव्यक्तिकलालाई राम्रो बनाउन सक्ने व्यक्तिको समाजमा नाम र प्रतिष्ठा रहने उल्लेख गरे ।

राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता समेत रहेका विश्वकर्माले उद्घोषणको परिचय, इतिहास, महत्त्व, उद्घोषण गर्ने तरिका, समाचारको परिचय, महत्त्व, समाचार लेखन शैली लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले विद्यार्थीका लागि उद्घोषण अपरिहार्य रहेको बताए । उनले प्रशिक्षणमा सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै छोटो समयको सिकाइले जीवनमा महत्त्वपूर्ण अर्थ राख्ने बताए ।

प्रशिक्षणको समापनमा बाल क्लबका अध्यक्ष तुलसा तिवारीले उद्घोषण सम्बन्धी प्रशिक्षण विद्यार्थीका लागि निक्कै महत्त्वपूर्ण रहेको बताइन् । उनले सिकेका सिपलाई जीवनमा लागु गर्ने सङ्कल्प गर्दै प्रशिक्षणले धेरै विद्यार्थीलाई खुसी बनाएको बताइन् ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक  तारापति रेग्मी, शिक्षक प्रेमसंकर मिश्रको समेत सहभागिता थियो । विद्यालयले शिक्षण सिकाइ क्रियाकलापका लागि विद्यार्थी अनिवार्य शिक्षकको कोठामा पुग्नुपर्ने नियम बनाएको छ भने स्मार्ट बोर्डको प्रयोग, कम्प्युटर कक्षा तथा विज्ञान प्रविधिको पढाई, समाज सुधारका लागि अतिरिक्त क्रियाकलाप समेटिएका विभिन्न असल अभ्यास गर्दै आइरहेको छ ।

 

 

वि.सं.२०८१ असार ११ मंगलवार १७:०० मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...