गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ ।
घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो । रासस
file-photo
बागलुङमा पहिरोमा पुरिएका दम्पतीको मृत्यु, बुहारी र नाती घाइते
वि.सं.२०८१ असार १५ शनिवार ११:४१ मा प्रकाशित






























