काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्दि भएको छ ।
नेपाल आयल निगमको आइतबार बसेको सन्चालक समितिको बैठकले नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै मूल्य वृद्दि गरेको हो ।
जस जस अनुसार सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५/५ रुपैयाँले वृद्दि भएको हो ।
त्यस्तै हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

वि.सं.२०८१ असार १६ आइतवार २१:२६ मा प्रकाशित






























