back
CTIZAN AD

देउवा-ओलीको संवादले आशाको सञ्चार गरेको छ: सांसद गिरी

वि.सं.२०८१ असार १७ सोमवार

705 

shares

काठमाडौँ  । नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।

उनले दुई प्रमुख दलहरू नेपाली काँग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए । उनले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए ।

गिरीले भने ‘लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठुला दलहरूका बिच संवाद र सहकार्य आवश्यक छ ।  निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ ।’

‘संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठुला दलहरू बिचको संवादलाई सकारात्मक लिन आग्रह गर्न चाहन्छु ।’ उनले थपे ।

 

 

वि.सं.२०८१ असार १७ सोमवार १३:०२ मा प्रकाशित

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

काठमाडौं । जेनजी २.० ले आगामी निर्वाचन स्वच्छ, शान्तिपूर्ण र...

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...