काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
आज(आइतवार) एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । यसअघि गत जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको हो ।
शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ६६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैयाँ तोकेको छ ।
वि.सं.२०८१ असार २३ आइतवार ११:२४ मा प्रकाशित






























