काठमाडौं । काठमाडौं सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ ।
समितिले आज(सोमबार) गभर्नर अधिकारीसहित बैंकका अधिकारीहरूसँग सहकारी समस्याबारे छलफल गरेका हो ।
समितिले सहकारीको समस्या र समाधान खोज्न विभिन्न पदाधिकारी, व्यक्तित्वसँग छलफल र सोधपुछ गर्ने काम गरिरहेको छ ।
यसअघि समितिले गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, एआइजी श्याम ज्ञवाली लगायतसँग पनि छलफल गरेको थियो ।
विशेष समितिले सहकारीका समस्या र समाधान खोज्न प्रतिनिधि सभाका राजनीतिक दलसँग पनि सुझाव माग गरेको थियो ।
वि.सं.२०८१ असार २४ सोमवार १४:३० मा प्रकाशित






























