back
CTIZAN AD

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार

486 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ ।

बैंकका अनुसार जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाण्डौंमा कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएका हो ।

उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छे« बैंक लिमिटेडले द्वितीय स्थान हासिलगर्न सफल भएको छ ।

बैंकको अनुसार प्रतियोगितामा नौ वाणिज्य बैंकहरु, सात विकास बैंकहरु, तीन वित्तकम्पनीहरु, एक लघुवित्त कम्पनी, तीन बिमा कम्पनीहरु र एक मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८३÷०२÷२२ गते शुक्रबार सम्पन्न भएको बैंकले जनाएको छ ।

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द« मल्लको प्रमुख आतिथ्यतामा काठमाण्डौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो । साथै सह–विजेता माछापुच्छे« बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्स म्यान माछापुच्छे« बैंक लिमिटेडका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जितेका हुन् । साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ का सम्पुर्ण प्रायोजकहरु, सहभागी सम्पुर्ण टिमहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका व्यक्ति÷सस्ंथाहरुलाई बैैंकले हार्दिक आभार व्यक्त गरेको छ ।

वि.सं.२०८३ जेठ २५ सोमवार १६:३० मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...