back

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

वि.सं.२०८१ साउन ६ आइतवार

1K 

shares

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात आज गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ’गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारी बताउँछन् ।
उनका अनुसार नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । र, हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ र धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन ।

विषेशगरि गुरु पूर्णिमाको दिन सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएकाले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको उनको भनाइ छ ।

वि.सं.२०८१ साउन ६ आइतवार ११:०५ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

पेट्रोलियम पदार्थको मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको...

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...