back
CTIZAN AD

विद्यार्थीको पहिलो रोजाइमा पर्ने प्राविधिक विषय अहिले कोटासम्म पनि भरिदैन

वि.सं.२०८१ साउन १६ बुधवार

924 

shares

टीकापुर । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ ।

कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्न थालेको देखिन्छ । केही वर्षपहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् ।

सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जना विद्यार्थीको कोटा भएकामा तीनजना सिटिइभिटीले पठाउने र अरू ३७ जना यतैबाट छान्नुपर्ने थियो तर त्योअनुसार पनि ११ जना विद्यार्थी अपुग देखिएका इन्स्टिच्युटले जनाएको छ ।

टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि कोटाअनुसार विद्यार्थीले फारम भरेका छैनन् । पहिलोपटक निकालेको फाराम भर्ने सूचनाको म्याद सकिँदासम्म पशु विज्ञान विषयमा २१, बाली विज्ञानमा १०, सिभिल इन्जिनियरमा १७, फरेष्ट्रीमा ११ र एग्रो इन्जिनियरिङमा दुईजनाले मात्र फाराम भरेका छन् ।

सिभिल इन्जिनियर र एग्रो इन्जिनियरिङमा ४८/४८ र अन्य समुहमा ४०/४० जनाको कोटा रहेको शिक्षालयका निमित्त प्रमुख विकास रानाले जानकारी दिए । “विगतमा धेरै विद्यार्थीको आवेदन आएर छनौट गर्नुपर्ने हुन्थ्यो”, उनले भने, “यस वर्ष विद्यार्थी पाउनै मुस्किल देखियो ।”

यस वर्षको इसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनु, १२ कक्षा पढेर विद्यार्थीहरु विदेश जानुपर्छ भन्ने मानसिकताले प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घटेको अनुमान उनकोे छ । “प्राविधिक विषय पढेकाहरु पनि बेरोजगार बस्नुपर्ने अवस्था आएकाले यसमा विद्यार्थीको रुचि घटेको हुनसक्छ, अहिले अधिकांश विद्यार्थीको १२ कक्षापछिको रोजाइ विदेश छ”, उनले भने, “सरकारले प्राविधिक धार पढेकालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यति गरेमा प्राविधिक विषय अध्ययन रोजाइ बन्छ र नेपालमै विद्यार्थी रोक्न सकिन्छ ।”

वि.सं.२०८१ साउन १६ बुधवार १३:११ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...