back
CTIZAN AD

नेपाल ट्याक्सपेयर्स सोसाइटीद्वारा नेपालमा पहिलो पटक कर पात्रो प्रकाशन

वि.सं.२०८१ साउन १६ बुधवार

1.5K 

shares

काठमाडौँ । नेपाल ट्याक्सपेयर्स सोसाइटीले करदाताका समस्या र सम्भावित समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा मङ्गलवार अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारी, नेपाल चार्टर एकाउन्टेन्ट सङ्घका अध्यक्ष अरुण राउत, नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डा. डोल प्रसाद दाहालको उपस्थिति थियो ।

कार्यक्रममा कर विज्ञ उमेशराज पाण्डेयले करदाताका समस्या र सम्भावित समाधान विषयमा पेपर प्रिजेन्टेसन गरेका थिए । उनले कर कार्यालयमा बिचौलियाका कारण करदाताले दुख पाएको बताए । पाण्डेयले वित्तीय साक्षरतामा आन्तरिक राजश्व विभागले जोड दिनुपर्ने भन्दै कर कानुन तथा विभागको सिस्टममा एकरूपता नहुँदा कानुनी जटिलताले सुविधाबाट करदाता वञ्चित हुनुपरेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका कर तथा राजस्व समिति प्रमुख अम्बिकाप्रसाद पौडेलले शेयर बजारको कारोबार गर्दा करदाताले बेहोर्नु परेको समस्याका बारेमा धारणा राखेका थिए । उनले कर प्रशासनमा दरबन्दी मार्फत कर तथा लेखा विज्ञको रूपमा रहेका चार्टर एकाउन्टेन्टलाई प्रयोग गर्न सके कर कानुनमा एकरूपता हुने र राजश्व वृद्धिमा बल पुग्ने बताए ।

अधिवक्ता सृजना अधिकारीले प्यानलीष्टको रूपमा कर कानुनमा देखिएका दुबिधा, कर कानुनका अस्पष्टता तथा कर शिक्षा आदीका कारणले करदाताले राजश्व न्यायाधिकरण तथा अदालतमा विचाराधीन मुद्दामा खेप्नुपरेको अप्ठ्यारो विषयमा विचार राखेकी थिइन् ।

एक्यानका अध्यक्ष अरूण राउतले करबाट मात्र नभई गैर करबाट समेत राज्यलाई समृद्ध गर्न सक्ने कुरामा जोड दिँदै सरकारले सूक्ष्म ढङ्गले त्यता अनुसन्धान गर्नुपर्ने बताए । उनले नेपालमा युवा जनशक्तिलाई परिचालन गरी राज्यले लाभ लिनुपर्ने बताए ।

अडानका प्रथम उपाध्यक्ष डाेलप्रसाद दाहालले कर प्रशासनले सूचना प्रविधिमा आधारित कर प्रशासनमा जोड दिन साथै कर कानुनमा हरेक वर्ष गरिने फेर बदलले कर दातालाई निकै अप्ठ्यारो बनाएकाले त्यसमा एकरूपता ल्याउन आग्रह गरे ।

करदाताका पक्षमा बहस पैरवी गर्ने, करदाता साक्षरता कार्यक्रम गर्ने, कर कानुनका विषयमा सरकारी निकायलाई झकझकाउँदै राज्यसँगको सहकार्यमा करदाता मैत्री, पारदर्शिता सहितको प्रशासन बनाउन भूमिका खेल्ने उद्देश्यले स्थापित सोसाइटीले आफ्नो स्थापनाको छोटो समयमै नेपाल मानै पहिलो कर पात्रो समेत विमोचन गरेको छ ।

अब देखी हरेक १५ दिनमा करदाताका जिज्ञासामा विज्ञको रायसहितको करका कुरा पोर्डकाष्ट समेतको मङ्गलवार शुभारम्भ भएको छ । नेपालकै पहिलो कर पात्रो तथा करका कुरा पोर्डकाष्टको विमोचन आन्तरिक राजश्व विभागका महानिर्देशकले गरेका थिए । महानिर्देशक तिवारीले कर कानुनका मुख्य मिति तथा जानकारी रहेको कर पात्रो अति नै राम्रो रहेको हुँदा हरेक करदाताको पसल तथा व्यवसायमा राख्न उपयुक्त हुने समेत बताए ।

उनले विभागले पोर्डकाष्ट कार्यक्रम लोगो सहित सहयोग गर्न सक्ने हुँदा आगामी दिनमा नेपाल ट्याक्सपेयर्स सोसाइटीसँग थप सहकार्य गर्दै जाने बताए । उनले उपस्थित व्यक्तिहरूको जिज्ञासा मेटाउँदै कर प्रशासन आवधिक योजना सहित सुधारोन्मुख रहेको बताए ।  करिब ७० प्रतिशत करदाता डे १ तथा डे २ विवरण भर्ने रहेको बारे वार्षिक जम्मा २ प्रतिशत करदाताको मात्र बजार अनुगमन तथा फुल अडिट गर्न सकेको बताए ।

मूल्य अभिवृद्धि कर फिर्ता बजेटरी सिस्टम भन्दा बाहिरबाट व्यवस्था गरिएको हुँदा सहज भए पनि आयकर बजेटरी सिस्टम मार्फतनै गर्नुपर्ने व्यवस्थाले भुक्तानीमा ढिलाइ भएकाले यसमा आवश्यक सुधार गर्ने राय गरे । विभागले बिस्तारै फेस लेस अडिट गर्ने गरी आवश्यक तयारीसमेत गरेको हुँदा चाँडै करदातालाई प्रविधिमैत्री सेवा प्रवाह हुने बताए ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ, अडान, एक्यान, रेबन, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति तथा प्रतिनिधि गरी करिब एक सय जनाको उपस्थिति थियो ।

कार्यक्रम सोसाइटिका अध्यक्ष टिका कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले कार्यक्रम सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए । कार्कीले कार्यक्रम समापन गर्दै संस्थाले आगामी दिनमा करदाताको पक्षमा बहस पैरवी गर्ने, कर साक्षरता सञ्चालन गर्दै राज्यलाई खबरदारी गर्ने बताए । उनले राज्यलाई कर कानुनमा सुझाव पेस गर्दै जाने समेत बताए ।

वि.सं.२०८१ साउन १६ बुधवार १७:४१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...