back
CTIZAN AD

माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समितिको अधिवेशन सम्पन्न

वि.सं.२०८१ साउन २४ बिहीवार

1.3K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समन्वयन समितिको सातौँ अधिवेशनले अशोक पौडेल अध्यक्ष रहने गरी २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

काठमाडौँ स्थित नयाँ बजारको सगुन क्याफे एन्ड पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले तीन जनालाई उपाध्यक्षमा चयन गरेको छ । उपाध्यक्षहरूमा कमल रिजाल, भूपराज भुसाल, र विष्णु अधिकारी रहनु भएको छ ।

समितिको सचिवमा घनलाल काफ्ले, सह-सचिवमा धन बहादुर केसी, कोषाध्यक्षमा सुमित्रा देवी क्षेत्री निर्विरोध चयन भएका हुन् । यस्तै सदस्यहरूमा धनबहादुर केसी, हर्कबहादुर केसी, पीताम्बर शर्मा ‘बाबुराजा’, अनिल सुवेदी, विष्णु अधिकारी, भोज कुवर, दीपक गौतम, सिर्जना भण्डारी, गगन बहादुर क्षेत्री, फर्सराम सापकोटा, रामबहादुर नेपाली, नेत्रप्रसाद भट्टराई नारायण विक, हरि बस्याल, हरि भुसाल, जमुना पाण्डे लगायत रहेका छन् ।

योगदान पुर्‍याउनेलाइ सम्मान

अधिवेशनले जिल्ला समन्वय समितिका उपप्रमुख, राष्ट्रिय सभाका सदस्य, पर्वत(काठमाडौँ सम्पर्क समन्वयन समितिका पूर्व अध्यक्ष, जन निर्वाचित पालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम बहादुर जिसी, राष्ट्रिय सभाका सदस्यहरू श्रीकृष्ण अधिकारी विवेक, झक्कु प्रसाद सुवेदी, मनरुपा शर्मा सुवेदी, नेकपा माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समन्वयन समितिका पूर्व अध्यक्षहरू उमाकान्त भुर्तेल, धर्मगत भुसाल, चोक नारायण काफ्ले, यमनाथ गिरी, शिवलाल पुरी लगायत रहेका छन् । बाँकी रहेका सदस्यहरु पछि मनोनित हुने छन् ।

यस्तै फलेवास नगरपालिका उपाध्यक्ष शोभा क्षेत्री, जलजला गाउँ पालिका उपाध्यक्ष दीपक आर्चाय, जलजला गाउँपालिका-९ का अध्यक्ष गौबहादुर पुन, जलजला गाउँपालिका-७ का अध्यक्ष टुङनाथ आर्चाय, विहादी गाउँपालिका–६ का अध्यक्ष मोहन बहादुर बस्याल लगायत रहेका छन् ।

वि.सं.२०८१ साउन २४ बिहीवार १६:५६ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...