back
CTIZAN AD

हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरको नायगरा फल्समा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ साउन २७ आइतवार

1.9K 

shares

काठमाडौं । नेपालमा पर्यटक प्रबद्र्धन र नेपालको उत्पादनलाई प्रदर्शनीको लागि हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरले नायगरा फल्समा कार्यक्रम सम्पन्न गरेको छ ।

हामी नेपाली ग्लोबल अमेरिका च्यापटरको सभापति शोभाकान्त पाण्डेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलको केन्द्रिय सभापति अमृत लामाले संसारको जुनसुकै ठाउमा भएपनि नेपाल र नेपालीलाइ चिनाउनु र आफ्नो जन्मभूमि प्रवद्र्धनका लागि सबैको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका सांसद ज्ञानेन्द्र साहीको उपस्थिति रहेको थियो । सांसद साहीले विदेशमा बसेर पनि नेपालीले नेपालको लागि यस्तो उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे ।

न्युयोर्क बफेलोका मेयर रोबर्ट रेस्टैनो, बफेलोका अमेरिकन समाजसेवि केभिन योङ्गको पनि उपस्थिति रहेको थियो ।

मेयर रोबेर्ट रेस्टतिनोले फल्समा आएर यसरी कार्यक्रम गरेकोमा सबैलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिए । साथै हामी नेपाली ग्लोबलको न्युर्याेक च्याप्टरका सभापति बिरेन्द्रजंग के.सी, अमेरिका च्याप्टरको महासचिव सुर्य सिम्खडा, निगर फल व्यवसाय केबेन योङ्ग, कार्यक्रमको टाइटल स्पोन्सर सुर्य महर्जन कलाकार अमेरिकाको प्रेसिडेन्ट बसन्ती राई जनजाती महासंद्ध फिप्नाका महिला उपाध्यक्ष तथा युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्युर्योक च्याप्टरको सभापति ममता खालिंग राई र विभिन्न सस्थाको बिशेष व्यक्तित्वको उपस्थिति थियो ।

कार्यक्रमा उपस्थितिलाई भावना सिम खड्काले खादा ओढाएर सम्मान गर्नुका साथै ममता खालिंग राईले फुलको गुच्छासहित स्वागत गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रमका संयोजक तथा हामी नेपाली ग्लोबलका प्रवक्ता केशब राम राईले स्वागत मन्तब्य दिएका थिए भने प्रेसिडेन्ट कलेज पोइन्ट सिभिक एण्ड ट्याक्सपेयर एसोसियसन, एशिसन एड्भाजरी काउन्सील फर न्युर्योक मेयर इरिक आडम्स तथा हामी नेपाली ग्लोवल सेन्ट्रलका उपाध्यक्ष नवराज केसीले कार्यक्रमको संचालन गरेका थिए ।

कार्यक्रममा सभापति पाण्डेले कार्यक्रम सफल बनाउन स्पोन्सरहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सबैलाई धन्यवाद दिदै कार्यक्रम टÞाइटल स्पोन्सर क्विन डायमण्ड संचालक समिर महर्जन र सुर्य महर्जनलाई धन्यवाद ज्ञापन गर्दै कानुन व्यवसायी केशवराज सेढाईले पनि बिशेष सहयोग गरेको जानकारी दिए ।

कार्यक्रम सफल हुनुमा बिशेष गरि हामी नेपाली ग्लोबलका बिजिनेस डाइरेक्टर शेर्सा एलएल शेषराज खतिवडा साथमा टेष्ट अफ नेपाल रेष्टुरेण्ट संचालन टेक भट्टराई, लिला भट्टराई र मिस्टी डग ग्रिल रेष्टुरेण्ट संचालन खोका बाबाले बिशेष सहयोग गरेकोमा धन्यवाद दिए । साथै नायगरा फल्सकै व्यवसाय रघु भट्टराई र लोकनाथ अधिकारीको बिशेष सहयोग रहेको बताए ।

 

वि.सं.२०८१ साउन २७ आइतवार १७:०३ मा प्रकाशित

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...