back
CTIZAN AD

वर्तमान गठबन्धनको कार्यभार संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु हो : शेखर कोइराला

वि.सं.२०८१ साउन २७ आइतवार

981 

shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आज उनले आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गरे ।

नेता कोइरालाले भने, “वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ ।”

साझा राष्ट्रिय कार्यसूची बनाउँदा कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धतालाई बिर्सन नमिल्ने उनको भनाइ थियो । वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा (एमाले)ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गरे ।

“सरकार छ भन्ने अनुभूति आमनागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरुसँग जुध्दै छन्”, उनले भने, “तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।”

वि.सं.२०८१ साउन २७ आइतवार १७:०८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...