back
CTIZAN AD

‘माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’

वि.सं.२०८१ भदौ २ आइतवार

570 

shares

काठमाडौँ । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनिले भनिन्, “नेपालको पर्यटकीय क्षेत्रका रुपमा हामीले चिनिरहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा दुईवटा हिमताल फुटेर तहसनहस भएको छ, मानवीय क्षति भएको छ ।” हिमताल फुट्दा विद्यालय, स्वास्थ्यचौकी र पुल भत्किएको तथा एकजना बेपत्ता भएको, सरकारी कार्यालयलगायत सबै क्षेत्रको भौतिक पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ घर बगाएको उल्लेख गर्दै सांसद राईले सरकारले तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिन ।

“पुल भत्किएकाले स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ, हिमाली क्षेत्र भएका कारण त्यस ठाउँमा कोही पनि जानसक्ने अवस्था छैन, बस्ती पूरै ध्वस्त भएकाले अन्यत्र बसोबासको व्यवस्था गर्न आग्रह गर्दछु”, उनले भनिन् ।

जीवनयापनका लागि तत्काल खाद्यान्न व्यवस्थाका साथै हराइरहेकाको खोजी कार्यमा तीव्रता दिनुपर्ने सांसद राईको माग छ । “हिमाली क्षेत्र असुरक्षित हुनु हामी सबै मानवजातिको पनि असुरक्षा बढ्दै जानु हो, माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ,” उनिले भनिन् ।

वि.सं.२०८१ भदौ २ आइतवार १४:५६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...