back
CTIZAN AD

दोस्रो चरणको निर्वाचनका लागि दलहरुको सक्रियता बढ्दै

वि.सं.२०७४ जेठ ५ शुक्रवार

903 

shares

५ जेठ, नेपालगन्ज । दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि प्रदेश नं– ५ मा चुनाव प्रचार प्रसारमा यहाँका राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ ।

एकैचरणमा सबै प्रदेशका जिल्लामा हुने भनिएका निर्वाचन दुई चरणमा हुने भएपछि केही समयका लागि दलीय गतिविधि शून्य जस्तै देखिएको प्रदेश नं– ५ का जिल्लामा राजनीतिक दलहरुको सक्रियता पुनः बढेको हो ।

नेपाली काँग्रेसका जिल्ला प्रवक्ता मेघराज ओलीले मिति स्थगित हुँदा प्रभावित बनेको चुनावी अभियान एक सातादेखि फेरि तातिएको बताउनुहुन्छ ।

यस क्षेत्रका उम्मेदवारका दावेदार, पार्टी नेता तथा कार्यकर्ता अहिले जनताका घरदैलो र टोल टोलमा आ–आप्mनो पार्टीको पक्षमा जनमत तयार गर्न व्यस्त देखिएका छन् ।

नेकपा (एमाले) का जिल्ला सचिव रत्न खत्री र नेकपा (माओवादी—केन्द्र) का युवा नेता डम्बर विकले वैशाख ३१ गतेको चुनावी अभियानका लागि अधिकांश जिल्ला तहका नेता अन्यन्त्र जिल्लामा खटिए पनि वडा, टोलमा मतदातासँगको भेटघाट, सभा, जुलुसलाई पुनः निरन्तरता दिन थालिएको बताउनुहुन्छ ।

प्रदेश नं। ५ को नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, स्थानीय निकाय निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा मतदाता स्वयम्सेवकलाई प्रशिक्षण दिने कार्य तीव्र पारिएको छ ।

मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।

अहिले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, पूर्व बाल विकास केन्द्रका शिक्षिका, प्रवेशिका परीक्षा गरेका महिला र यस अघिको संविधानसभाको निर्वाचनमा मतदाता शिक्षामा खटाइएका कर्मचारीलाई निर्वाचन प्रयोजनका लागि नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ ।

यहाँका दलहरुले पनि अहिले निर्वाचनको प्रचार प्रसारका लागि गाउँगाउँमा कार्यक्रम लिएर जान थालेका छन् । दलहरुले घरदैलो, सभा, नागरिक अन्तक्र्रिया लगायतका कार्यक्रम सञ्चालन गर्दैआएका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदै यहाँका आमनागरिकमा पनि अब निर्वाचन हुन्छ भन्ने आशा पलाएको पाइन्छ ।

वि.सं.२०७४ जेठ ५ शुक्रवार ०९:२४ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...