back
CTIZAN AD

पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

वि.सं.२०८१ भदौ २४ सोमवार

870 

shares

काठमाडौं । स्थायी लेखा (प्यान) नम्बर प्रयोग नगरि खाता संचालन गरेका सेवाग्राहीहरुलाई पान नं. अध्यावधि गर्न एन.आई.सी. एसिया बैंकले अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत बैंकले सो अनुरोध गरेको हो ।

बैंकका सेवाग्राहीहरुको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सो अनुरोध गरिएको बैंकले जनाएको छ ।

यसका लागगि सेवाग्राहीहरूले बैंकको वेवसाइट वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ । अनलाइन सेवाको पहुँच नभएका सेवाग्राहीहरुले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाटसमेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सकिने छ ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीवापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ ।
प्यान अद्यावधिक भएपश्चात सेवाग्राहीहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।

पान नंं अध्यावधि गर्दा सेवाग्राहीहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने छ भने प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले विश्वास लिएको जनाएको छ ।

सेवाग्राहीले प्यान नं. अद्यावधिक नगराएका कारण कारण इ–टिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा तथा ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुनेसमेत बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०८१ भदौ २४ सोमवार १३:०३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...