काठमाडौं । आज बिहिबार घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३९ रुपैया कायम भएको छ ।
वि.सं.२०८१ भदौ २७ बिहीवार ११:४३ मा प्रकाशित




























