काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको छ ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले जीतको खाता खोलेका हुन् । उनले अघिल्लो पटकाका प्रतिनिधिसभाको निर्वाचनमा पनि जितेका थिए र यो उनको दोस्रोपटक मुस्ताङबाट निर्वाचित भएका हुन् ।
उनले ३३०७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।
वि.सं.२०८२ फागुन २२ शुक्रवार १३:२४ मा प्रकाशित






























