back
CTIZAN AD

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

वि.सं.२०८२ फागुन २२ शुक्रवार

540 

shares

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता दिएका छन् । यहाँ नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले सात हजार दुई मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन् ।

यहाँ क्षेत्र नं १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार १३:५३ मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...