back
CTIZAN AD

समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको : सञ्चार मन्त्री गुरुङ

वि.सं.२०८१ असोज ४ शुक्रवार

783 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्दै मन्त्री गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपुर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

“अप्रत्यक्ष रुपमा समाज रुपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो । मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ”, उनले भने । उनले यो वर्ष चलचित्र विकास बार्डेको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो वर्षको सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ ले सम्मान गरेको छ । नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने चलचित्रलाई वर्षेनी सम्मान गरिने बोर्डले निर्णय गरेको हो ।

यसै चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पु–याउनु भएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत भएका हुन् । कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पु–याउनु भएका कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ ।

कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रीत भइदिन आग्रह गरे । कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही रु २५ हजार नगद र ताम्रपत्रसहित सम्मान गरेका थिए ।

वि.सं.२०८१ असोज ४ शुक्रवार १३:५१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...