back
CTIZAN AD

पर्यटक बढेपछि होमस्टेहरुमा लगानी थपिँदैँ

वि.सं.२०८१ असोज ४ शुक्रवार

951 

shares

राँझा (बाँके) । बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबास (होमस्टे)ले धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधा सम्पन्न रिसोर्ट पनि थपिएका छन् ।

पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताए । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उनकोे भनाइ छ । गाभर भ्यालीमा पछिल्लो पटक रु १२ करोडको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको महाप्रबन्धक केशवप्रसाद चालिसेले बताए ।
“गाभर क्षेत्रमा होमस्टे सञ्चालन हुँदै आएका छन्, अझै स्तरीय सेवा सुविधा प्रदान गर्दै पर्यटन प्रवद्र्धनमा आवश्यक पर्ने न्यूनतम पूर्वाधारसहित हामी उपस्थित भएका छाँै”, उनले भने, “ग्रामीण क्षेत्रमा यहाँको भौगोलिक तथा सांस्कृतिक वस्तुस्थिति र रहनसहनसँग मिल्नेगरी अर्गानिक खानेकुराका परिकारलाई प्राथमिकता दिँदै आएका छाँै ।”

अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दै आएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनीले पर्यटन प्रवद्र्धनका लागि पदयात्रा, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्थासमेत गरेको छ ।

रत्नराजमार्गदेखि करिब सात सय मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनीमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोंगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको महाप्रबन्धक चालिसेले जानकारी दिए । होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरनालगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाही भन्छन् , “हालसम्म रु १२ करोड लगानी भइसकेको छ, अझै धेरै संरचना निर्माणका क्रममा रहेका छन् ।”

बाँकेमा पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन रिसोर्ट सञ्चालन गरेको महाप्रबन्धक चालिसेले बताए । गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेपालगञ्ज, कोहलपुरलगायतका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या बढ्दो रहेको उनले बताए ।

 

वि.सं.२०८१ असोज ४ शुक्रवार १५:२४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...