back
CTIZAN AD

अलपत्र अवस्थामा एकीकृत बस्तीका भवन

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

696 

shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्र«स भवन अहिले अलपत्र अवस्थामा छन् ।

झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन् । ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन ।

विसं २०७७ मा उद्घाटन गर्नेगरी निर्माण सुरु गरिएको एकीकृत बस्तीमा रु दुई करोडभन्दा बढी रकम खर्च भएको छ । सिङ्गल वाल (एउटामात्र इँटा प्रयोग गरिएको गाह्रो) लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको (२७ एमएमको) जस्तापाताको छाना हालिएको छ ।

करिब रु एक करोड ५० लाख लगानीमा पूरा हुने भनेर निर्माण सुरु गरिएको एकीकृत बस्तीका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र घेराबारका लागि तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारको रु १५ लाख लगानी छ । बीस घर भूकम्पपीडितका रु तीन÷तीन लाखको जम्मा रु ६० लाख रकमसमेत सोही ठाउँमा खर्च गरिएको छ ।

एकीकृत बस्ती निर्माणका लागि स्थानीय शारदाप्रसाद ढकालले करिब रु २५ लाख मूल्यको साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । नगरपालिकाको तर्फबाट आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको थियो ।

विभिन्न कार्यक्रम गर्न आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिने भनिएको उक्त एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान, कक्षा ५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर, खेलमैदानलगायत रहने जनाइएको थियो । उक्त साँधुरो ठाउँमा अहिले बसोबासका लागि भनेर १९ ट्रस भवन र एउटा सामुदायिक भवनबाहेक कुनै संरचना निर्माण गरिएको छैन ।

निर्माणाधीन एकीकृत बस्तीका लागि आवश्यक रकम अभाव भएकै कारण सञ्चालन गर्न नसकिएको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए । “एकीकृत बस्तीका लागि आवश्यक सबै भौतिक संरचना निर्माण गरेका थियौँ, रकम अभावका कारण रङरोगन र झ्यालढोका थुनथान गर्न बाँकी थियो”, उनले भने, “नगरपालिकाले करिब रु सात लाख बजेट उपलब्ध गराएको भए सञ्चालनमा ल्याउन सक्थ्यौँ, बजेट अभाव भएकै कारण सञ्चालनमा ल्याउन नसकेपछि अहिले लाभग्राहीको नाममा पास गर्ने काम भइरहेको छ ।”

एकीकृत बस्तीमा सञ्चालन गर्ने भनिएको विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौँका डाक्टर नरेश रिमालले रु ५० लाख उपलब्ध गराएको जनाइएको छ । काठमाडौँको झम्सीखेल निवासी डाक्टर रिमालले एकीकृत बस्तीका ट्र«स भवनका लागि रु ३० लाख, आवश्यक फर्निचर निर्माणका लागि रु १० लाख र व्यवस्थापन खर्चका लागि बैङ्क खातामा रु १० लाख जम्मा गरेका थिए ।

घरबासको अवधारणाअनुसार निर्माण गर्ने भनिएको एकीकृत नमूना बस्ती विसं २०७५ असोज ४ गते तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले शिलान्यास गरेका थिए । नेपाल सरकारको अवधारणाअनुसार नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको भनिएको एकीकृत नमूना बस्तीलाई देशकै नमूना बनाउने तत्कालीन नगर प्रमुख रिजालले दाबी गरेका थिए ।

बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती मापदण्ड विपरित रहेकाले सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा एवम् नेपाली कांग्रेस विजयखर्कका सभापति सन्तोष राईले बताए । “एकीकृत बस्ती भनेको मान्छे बस्नका लागि बनाइन्छ, बसेरीमा निर्माण गरिएका भौतिक संरचना हेर्दा एकीकृत बस्ती भएको छैन”, उनले भने, “एकीकृत बस्ती निर्माण गर्ने नाममा राज्य कोष र भूकम्पपीडितले पाउने रकम अनियमितता भएको छ, यसप्रति सम्बन्धित निकायले छानविन गरेर कारबाही गर्नुपर्छ ।”

निर्माणाधीन अवस्थामै अलपत्र बनेको एकीकृत बस्तीमा सर्ने सहमति गरेका विजयखर्कका भूकम्पपीडित अहिले विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले चर्किएका आ–आफ्नै घर मर्मत गरेर बसिरहेका छन् । बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीका भवन व्यक्तिका नाममा पास गरिए पनि भौतिक संरचना तथा सेवा सुविधा हेरेर उनीहरु त्यहाँ सर्ने मनसायमा नरहेको स्थानीय किसन भुजेलले बताए ।

राज्य कोषको रकम खर्च गरेर निर्माण सुरु गरिएको बहुउद्देश्यीय एकीकृत बस्ती सञ्चालनमा अहिलेसम्म नगरपालिकाले समेत चाँसो दिएको छैन । रासस

 

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १३:३३ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...