back
CTIZAN AD

महोत्तरीमा बढ्यो चुनावी सरगर्मी

वि.सं.२०७४ जेठ ९ मंगलवार

738 

shares

९ जेठ, बर्दिवास । महोत्तरी जिल्लामा चुनावी सरगर्मी बढेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी० केन्द्र, नयाँ शक्ति पार्टी र राप्रपासहितका दलले सक्रियता बढाएकाले महोत्तरीमा चुनावी सरगर्मी बढेको हो ।

सरकारले तत्काल सम्बोधन गर्नसक्ने मागबारे लचकता देखाएकाले अब राजपा नेपाल चुनावमा सरिक हुने निश्चित भएको जिल्लाको बर्दिवास– १ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले बताउनुभयो ।

पहिलो चरणको चुनावमा देखिएको जनसहभागिता र उत्साहले मधेसमा पनि चुनावी वातावरण बनाउन मद्दत गरेको राजनीतिक विश्लेषक बताउछन् । यसअघि तीन नगरपालिका र १२ गाउँपालिका रहेको जिल्लामा सरकारको सोमबारको निर्णयले तीन गाउँपालिकालाई नगरपालिका घोषणा गरेको छ ।
यहाँका काँग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र राप्रपासहितका पार्टीका कार्यकर्ता उम्मेदवार चयन र चुनावी तालमेलमा लागको देखिन्छ । राजपा नेपालका नेता राम भण्डारीले पनि आफ्नो दल निर्वाचनमा जाने सम्भावना बढ्दै गएको बताउनुभएको छ ।

यसैबीच नयाँ शक्ति पार्टी बर्दिवास नगरमा उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । काँग्रेस, एमाले, ओवादीलगायतका अन्य दल उम्मेदवारी छनोटको प्रक्रियामै रहेका बेला नयाँ शक्तिले भने आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

सो दलले तेजप्रसाद अधिकारीलाई नगर प्रमुखमा र पेशलकुमारी पौडेललाई उपप्रमुखमा उम्मेदवार बनाउने घोषणा गरेको छ ।नगरका कायम १३ वडामध्ये छ वटा वडामा उम्मेदवारी दिने र अन्य वडामा बिचार मिल्ने अन्य दलसँग तालमेलका लागि खुला राख्ने नयाँ शक्तिका जिल्ला संयोजक कौशलेन्द्र शर्माले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि उम्मेदवारबारे टुङ्गो गरिसकिएको बताउँदै अन्य दलसँग तालमेलको कुरा चली रहेकाले घोषणाका लागि पर्खनु परेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७४ जेठ ९ मंगलवार ०७:३६ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...