back

पत्नीको हत्या गरेर फरार रहेका व्यक्ति कतारबाट पक्राउ

वि.सं.२०८१ कात्तिक १४ बुधवार

102 

shares
GLOBAL IME AD
NTC AD

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताए ।

अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।

“हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, “कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।”

धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिए ।

तस्करीमा संलग्न भारतीय पक्राउ

यसैबीच, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलेको मदिराको ठूलो मात्रासहित एक भारतीय नागरिकलाई कारसहित मङ्लबार पक्राउ गरिएको जनाएको छ ।

पूर्वीनाकाबाट प्रवेश गरेको बिआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई रोकेर नेपाली सुरक्षाकर्मीले जाँच गर्दा कारमा फल्स बटम बनाइ डिकी लगायतका भागमा भारतीय महँगो मदिरा भन्सार छल्नका लागि लुकाइएको फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार उक्त कारभित्र रु नौ लाख ९८ हजार नौ सय मूल्य बराबरको ब्ल्याक माउन्टेन ह्वीस्कीलगायतका भन्सार छलिएको मदिरा बरामद गरिएको थियो । कार चालक भारतीय नागरिक जीतेन्द्रकुमार पासवानलाई पक्राउ गरी इप्रका काँकडभिट्टामा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८१ कात्तिक १४ बुधवार ०९:१८ मा प्रकाशित

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...