back
CTIZAN AD

पत्नीको हत्या गरेर फरार रहेका व्यक्ति कतारबाट पक्राउ

वि.सं.२०८१ कात्तिक १४ बुधवार

534 

shares

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताए ।

अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि विसं २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो ।

“हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, “कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।”

धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिए ।

तस्करीमा संलग्न भारतीय पक्राउ

यसैबीच, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलेको मदिराको ठूलो मात्रासहित एक भारतीय नागरिकलाई कारसहित मङ्लबार पक्राउ गरिएको जनाएको छ ।

पूर्वीनाकाबाट प्रवेश गरेको बिआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई रोकेर नेपाली सुरक्षाकर्मीले जाँच गर्दा कारमा फल्स बटम बनाइ डिकी लगायतका भागमा भारतीय महँगो मदिरा भन्सार छल्नका लागि लुकाइएको फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार उक्त कारभित्र रु नौ लाख ९८ हजार नौ सय मूल्य बराबरको ब्ल्याक माउन्टेन ह्वीस्कीलगायतका भन्सार छलिएको मदिरा बरामद गरिएको थियो । कार चालक भारतीय नागरिक जीतेन्द्रकुमार पासवानलाई पक्राउ गरी इप्रका काँकडभिट्टामा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८१ कात्तिक १४ बुधवार ०९:१८ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...