कार्तिक । आज सुनको मूल्य ह्वात्तै घटेको छ । एकै दिन प्रतितोला ४ हजार रुपैँयले सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्य पनि तोलामा ५५ रुपैँयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने बुधबार भने सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो प्रतितोला २०१५ रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेसँगै नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।
वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:२६ मा प्रकाशित






























