back
CTIZAN AD

रुकुमपूर्वको पुथा उत्तरगंगामा केशकुमारी तुलाचन उपाध्यक्षको उम्मेदवार

वि.सं.२०८१ कात्तिक २२ बिहीवार

1K 

shares

रुकुमपूर्व । नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदार बनाउने भएको छ ।

उनी एमाले जिल्ला कमिटीको उपसचिव हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले तुलाचनलाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेरवार बनाउने तय भएको हो ।

‘वडा, पालिकाबाट समन्वय गरेर जिल्ला कमिटीले प्रदेशमा पठाएर उम्मेदवार सिफारिसको आवश्यक सबै प्रक्रिया पूरा गरी बिहीबारको प्रदेश कमिटीको बैठकबाट उम्मेदवारको नाम तय गरिएको एमालेका एक नेताले बताए ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

 

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:३५ मा प्रकाशित

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९...

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

मौसममा सामान्य बदली रहने, यी प्रदेशका केही स्थानमा वर्षा हुने

मौसममा सामान्य बदली रहने, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...