back
CTIZAN AD

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छः मानव अधिकार आयोग

वि.सं.२०८१ मंसिर ३ सोमवार

627 

shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पु¥याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

“ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि पु¥याएको योगदानको आयोग कदर गर्दछ ।”

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

वि.सं.२०८१ मंसिर ३ सोमवार ११:५५ मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...