back
CTIZAN AD

ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजनाको शुुभारम्भ

वि.सं.२०८१ मंसिर ६ बिहीवार

555 

shares

काठमाडौँ । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण (Renewable Energy and Energy Efficiency Prgoramme – Green Recovery and Empowerment with Energy in Nepal (REEEP-GREEN) कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो ।

यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंक मार्पmत आंशिक अनुुदान उपलब्ध गरिने छ । अनुदान संचालन निर्देशिका अनुसार आशिंक अनुदान, ऊर्जा दक्षताका उपायहरुमा कुल आवश्यक लगानीको एक निश्चित प्रतिशन हुनेछ ।

अनुदानको निमित्त योग्य हुन उद्योग ब्यवसायहरुले मर्र्यािदत कामका सिद्धान्त तथा बातावरणिय मापदण्डहरु समेत अबलम्बन गरेको हुनुपर्नेछ । यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्दा देखिने वित्तिय समस्यालाई सम्बोधन गरि ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यसरी यस पहल मार्फत ऊर्जा दक्षताको महत्वपूूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको संचितीमा समेत टेवा पुग्ने देखिन्छ ।

साथै, यस अनुुदान योजनाको शुरुआतले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुनेछ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रिय अर्थतन्त्रका सिद्धान्तलाई एकिकृत गर्न र उद्योग तथा व्यवसायहरूमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुुदान पहलको शुुभारम्भले नेपालको स्थायी ऊर्जा समाधान प्रतिको प्रतिवद्धतालाई रेखांकित गर्नेछ, जसले उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायुु–अनुुकूूल अभ्यासमा योगदान पु¥याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक मार्ग प्रदान गर्नेछ ।

जर्मन संघीय आर्थिक सहयोग तथा बिकास मंन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयद्वारा संचालित REEEP–GREEN कार्यक्रममा जर्मन विकास सहयोग–जिआईजेडले प्राविधिक सहयोग पु¥याउदै आएको छ ।

नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवद्र्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं नीजि क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको यस कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायहरुमा ऊर्जा प्रवद्र्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।

वि.सं.२०८१ मंसिर ६ बिहीवार १६:२५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...