back
CTIZAN AD

जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

वि.सं.२०८१ मंसिर १० सोमवार

1K 

shares

काठमाडौं । जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक नीतिगत व्यवस्थाका लागि साझा अवधारणा तयार गर्ने ध्येयका साथ यही मङ्सिर १२ देखि १५ गतेसम्म काठमाडौंमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजना हुने सम्मेलनमा चीन, अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिणपूर्वी एसिया र एसियाली क्षेत्रका ३५ भन्दा बढी मुलुकका पाँच सयभन्दा बढी जनसङ्ख्या र विकास क्षेत्रका प्राध्यापक, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र विषयविज्ञको सहभागिता रहनेछ । सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा विभिन्न १७ वटा विषय र क्षेत्रमा केन्द्रित रहेर छलफल हुनेछन् । पछिल्लो समय जन्मदर घटिरहेको सन्दर्भमा जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विशेष छलफल हुने जनाइएको छ । “यस अवस्थामा जनसङ्ख्या र विकासबीच कसरी तादम्यता मिलाउन सक्छौँ, यसका लागि नीति निर्माताले के गर्नुपर्छ, विश्वविद्यालयमा कस्तो पाठ्यक्रम राख्नुपर्छ भन्ने बारेमा छलफल हुनेछ”, विभागका सहप्राध्यापक एवं नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदम खतिवडाले भने ।

सम्मेलनमा नेपालका तर्फबाट प्रजननदर, जन्मदर र बसाइँसराइलगायत जनसाङ्खिक परिवर्तनका बारेमा विशेष प्रस्तुति रहनेछ । पार्किन्सनलगायत नसर्ने रोगका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यसूची छ । नेपालमा लैङ्गिक समानता, समावेशिता र सामाजिक सुरक्षालगायत संवैधानिक हकको कार्यान्वनय अवस्थाका बारेमा पनि छलफल हुनेछ ।

सम्मेलनमा विकास र जनसङ्ख्याका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि, भोग्नु परेका चुनौती र त्यसको सामानाका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुनेछ । जनसङ्ख्या र विकासका क्षेत्रमा कसरी परिवर्तन हुँदै आइरहेको भन्नेमा छलफल हुने सङ्घका अध्यक्ष डा खतिवडाले बताए ।

एसिया प्यासेफिक क्षेत्रमा भएका जनसाङ्खिक परिवर्तन, बसाइँसराइ र औषत आयु बढ्दा परेको पारिवारिक असर र प्रभाव तथा विकास नीति, योजनाले परिवर्तित जनसङ्ख्याको लाभ लिने र धान्नेबारेमा छलफल केन्द्रित हुने त्रिवि, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख एवं प्रा डा योगेन्द्र गुरुङले जानकारी दिए । सम्मेलनको निष्कर्षबाट आगामी दिनमा जनसङ्ख्या नीति निर्माण गर्न सघाउ पुग्ने विश्वास गरिएको उनको भनाइ छ ।

जनसङ्ख्या र विकासबीच संयोजन गर्ने मुख्य उद्देश्यले सन् २०१० देखि सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन भारतको नयाँ दिल्ली, दोस्रो थाइल्याण्डको बैंकक, तेस्रो मलेसियाको क्वालालम्पुर, चौथो चीनको साङ्घाइ र पाँचौँ इन्डोनेसियाको जाकर्तामा सम्पन्न भएको थियो ।

रासस/फाइल फाेटाे

वि.सं.२०८१ मंसिर १० सोमवार १३:३१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...