काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीनसँग ऋण लिन नहुने आशयको अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीनसँग ऋण लिन नहुने बताएका हुन् ।
जकपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन् ।
उनले ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको बताउँदै भने, ‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं ।’ चीन नेपालको मित्र राष्ट्र भएको बताउँदै उनले भने, ‘चीन पनि हाम्रो मित्र राष्ट्र हो, किन नजाने त्यहाँ ?’
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यसका लागि प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री तथा सरोकारवालाहरुसँग सुझाव मागेका छन् ।
वि.सं.२०८१ मंसिर १० सोमवार १३:५६ मा प्रकाशित






























