back
CTIZAN AD

गणतन्त्र सेनानी कोषले गणतन्त्र सेनानी सम्मान गर्दै

वि.सं.२०८१ मंसिर १७ सोमवार

684 

shares

कााठमाडौँ । इतिहास देखी बर्तमानसम्म गणतन्त्र प्राप्तीका लागि शसस्त्र संघर्षको अग्रमोर्चामा सहभागी भएर योगदान दिने गणतन्त्र योद्धाहरुलाई सम्मान गर्ने मुख्य उद्धेश्य राखेर स्थापित गणतन्त्र सेनानी कोषले गणतन्त्र सेनानी सम्मान गर्ने भएको छ ।

मंगलबार मध्यान्ह १२.१० बजे राष्ट्रिय नाँचघर जमलमा गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा गणतन्त्रका सेनानीहरुलाई सम्मान गरिने भएकाो हो ।

नेपालमा गणतन्त्रको सपना २००७ साल र त्यसअघि र पछी भएका सानाठुला शसस्त्र प्रयासहरुमा स्पष्ट झल्किएतापनि ती सबै शहीद एवं योद्धाहरुको संघीय गणतन्त्र नेपालको सपनालाइ शाकार पार्ने कार्य २०५२ साल फागुन १ गते शुरु भएको शसस्त्र जनयुद्ध, त्यस आधारमा श्रृजना भएको ६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलनले गरेको हो ।

गणतनन्त्र सेनानी कोषले क्रमसः इतिहास देखी बर्तमानसम्मका योद्धाहरुलाइ सम्मान गर्दै उनीहरुको योगदानलाइ स्थापित गर्दै जानेछ । यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरुप कोषले गणतन्त्र नायकका रुपमा जनयुद्धका सर्बोच्च कमाण्डर तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री क.प्रचण्डलाई सम्मान गर्नेछ ।

त्यसैगरी जनमुक्ति सेनाका डेपुटी कमाण्डर एवं पूर्व सम्माननीय उपराष्ट्रपती नन्दकिशोर पुन पासाङ, डेपुटी कमाण्डरहरु मा.पूर्व अर्थ एवं उर्जा मन्त्री बर्षमानपुन अनन्त, मा.पूर्व अर्थ, गृह एवं उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर र मा.पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाल बलदेवलाई गणतन्त्र कमाण्डरको रुपमा सम्मान गर्नेछ ।

त्यसैगरी यसपटक तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिनेछ । सम्मान ताम्रापत्र, दोसल्ला र योद्धाहरुको प्रतिक स्वरुप निर्मित पदकबाट गरिनेछ ।

कोषले यसपछीका सम्मान कार्यक्रमहरुलाई व्यवस्थित गर्दै देशव्यापी गणतन्त्र योद्धाहरुको खोजी, सम्मान एवं उनीहरुको योगदानलाई लिपिवद्ध गर्दै जाने प्रकृयालाइ समेत नीरन्तरता दिने बताएको छ ।

 

वि.सं.२०८१ मंसिर १७ सोमवार १४:५० मा प्रकाशित

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...