back
CTIZAN AD

व्यवारीसे लास व्यवस्थापनको जिम्मा लिँदै सांसद सुनिल शर्मा

वि.सं.२०८१ मंसिर २६ बुधवार

1.2K 

shares

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले काठमाडौँमा रहेका एक सय वटा व्यवारीसे लास व्यवस्थापन गर्ने जिम्मा लिने घोषणा गरेका छन् ।

आज मात्रै त्रिभुवन शिक्षण अस्पतालबाट ल्याइएका नौ वटा शव सांसद शर्माकै पहलमा पशुपति आर्यघाटमा रहेको विद्युत् शव गृहमा जलाइएको छ ।

शर्माले एक सय वटा लास व्यवस्थापन गर्दा लाग्ने पाँच लाख रुपैयाँ खर्च बेहोर्ने घोषणा गरेका हुन् ।  व्यवारीसे शवको व्यवस्थापन अभियन्ता विनयजंग बस्नेतले गर्दै आएका छन् । त्यसमा काँग्रेस सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले पनि  शव व्यवस्थापनको जिम्मा लिएका हुन् ।

सांसद शर्मा नोभेल मेडिकल कलेज विराटनगरका मालिक हुन् भने काठमाडौँ मेडिकल कलेजका सेयर होल्डर हुन् ।
काठमाडौँमा व्यवारीसे शालको व्यवस्थापन जटिल बन्दै गर्दा शर्माले व्यवस्थापनको जिम्मा लिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारमा अहिले काँग्रेसकै नेता संस्कृति मन्त्री छन् ।

वि.सं.२०८१ मंसिर २६ बुधवार १४:५१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...