काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले काठमाडौँमा रहेका एक सय वटा व्यवारीसे लास व्यवस्थापन गर्ने जिम्मा लिने घोषणा गरेका छन् ।
आज मात्रै त्रिभुवन शिक्षण अस्पतालबाट ल्याइएका नौ वटा शव सांसद शर्माकै पहलमा पशुपति आर्यघाटमा रहेको विद्युत् शव गृहमा जलाइएको छ ।
शर्माले एक सय वटा लास व्यवस्थापन गर्दा लाग्ने पाँच लाख रुपैयाँ खर्च बेहोर्ने घोषणा गरेका हुन् । व्यवारीसे शवको व्यवस्थापन अभियन्ता विनयजंग बस्नेतले गर्दै आएका छन् । त्यसमा काँग्रेस सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले पनि शव व्यवस्थापनको जिम्मा लिएका हुन् ।
सांसद शर्मा नोभेल मेडिकल कलेज विराटनगरका मालिक हुन् भने काठमाडौँ मेडिकल कलेजका सेयर होल्डर हुन् ।
काठमाडौँमा व्यवारीसे शालको व्यवस्थापन जटिल बन्दै गर्दा शर्माले व्यवस्थापनको जिम्मा लिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारमा अहिले काँग्रेसकै नेता संस्कृति मन्त्री छन् ।
वि.सं.२०८१ मंसिर २६ बुधवार १४:५१ मा प्रकाशित