back

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

240 

shares
GLOBAL IME AD
NTC AD

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, उनले भने ।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले रु १३ लाख ५० हजार, रु पाँच लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहेका घारका ददीवल खड्काबाट रु पाँच लाख, घार कोटमन्दिरबाट रु एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए । रासस /फाइल फोटो

 

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ११:०२ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...