back
CTIZAN AD

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

वि.सं.२०८१ माघ ६ आइतवार

966 

shares

बनियानी (झापा) । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।”

मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र रु १० हजारदेखि १२ हजार खर्च हुने उनले बताए । “पहिलोपटक यसरी खेती गरिरहेको छु”, मकै उम्रिएपछि उत्साहित हुँदै उनले भने, “पहिलोपटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्छु ।”
‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रूपमा मकैखेती गरिरहेको छ ।

प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । “मकै उम्रिएर राम्रो बोट आएपछि किसान आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “मल र सिँचाइपछि अझै राम्रो हुन्छ ।”

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्नेछ भने नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुनेछ । धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

वि.सं.२०८१ माघ ६ आइतवार ११:११ मा प्रकाशित

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...