back
CTIZAN AD

टक्सारको सरस्वती गुफा ओझेलमा

वि.सं.२०८१ माघ २१ सोमवार

522 

shares

टक्सार (भोजपुर) । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् ।

सदमुकामदेखि आघा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्व कम हुँदै गएको स्थानीयको भनाइ छ ।

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए । उनले भने, “ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेको छ, सोही कारण पनि यो गुफाको महत्व देखिएको छ ।”

विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर शिवथानबाट भित्र–भित्र हँुदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाको मुखबाट सुन्न पाइन्छ । भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहज रुपमा आवत–जावत गर्न समस्या भएको हो ।

बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्व बढ्नाका साथै गुफा धार्मिकस्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठले बताए । विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ ।

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, “यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, यसका लागि जिल्ला तहका माथिल्लो निकायमा पुगेकाहरुले पनि पहल गर्नुपर्छ ।”

सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा सो गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ । अहिलेको परिवर्तित अवस्थामा पुराना परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान नगएका कारण सरस्वती गुफाजस्ता धार्मिकस्थल नाममा मात्र सीमित बन्दै गएको स्थानीय टक्सारवासीको गुनासो रहेको छ ।

विगतमा सरस्वती पूजा गर्नका लागि मन्दिरहरुमा भीड बढ्ने गरेको भए पनि अहिले आएर घरघरमै र विद्यालयका विद्यार्थीले स्कुलमा नै पूजा गर्न थालेपछि पनि यस्ता ऐतिहासिक गुफाको महत्व कम हँुदै गएको स्थानिय अमृका ताम्राकारको धारणा छ ।

 

वि.सं.२०८१ माघ २१ सोमवार १३:२४ मा प्रकाशित

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...