back

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

वि.सं.२०८१ माघ २१ सोमवार

720 

shares

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै खर्च गर्न माग गरिरहेका बेला युरोपेली सङ्घका नेता, बेलायतका प्रधानमन्त्री र नेटो प्रमुखबीच यस सम्बन्धमा सोमबार ब्रसेल्समा छलफल भएको छ ।

उनीहरूबीच आक्रामक रूसको सामना गरिरहेको युरोपको प्रतिरक्षा बढाउने प्रयासबारे छलफल भएको बताइएको छ ।

ब्रसेल्समा भएको भेलालाई ‘ट्रिपल फस्र्ट’को रूपमा हेरिएको छ ः अमेरिकी राष्ट्रपतिको शपथपछि पहिलो पटक युरोपेली सङ्घका २७ नेताहरूबीच भेट भएको छ । यो रक्षासम्बन्धी उनीहरूको पहिलो समर्पित वार्ता र इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि बेलायती प्रधानमन्त्रीसँग पहिलो वार्ता हो ।

करिब तीन वर्षअघि रूसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेयता युरोपेली राष्ट्रहरूले आफ्नो सैन्य बजेट बढाएका छन् ।

तर मस्कोले आगामी वर्षहरूमा आफैमाथि आक्रमण गर्न सक्ने चेतावनीहरू बढ्दै जाँदा अधिकारीहरू अझै पनि आफूलाई पर्याप्त मात्रामा हतियारहरू जम्मा गर्न नसकेको स्वीकार्छन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले बहसलाई नयाँ झट्का दिएको छ । युरोपले अब अमेरिकी सुरक्षामा मात्र भर पर्न नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले नेटो राष्ट्रहरूले आफ्नो वर्तमान रक्षा खर्चको लक्ष्यलाई दोब्बर भन्दा बढी अर्थात् जीडीपीको पाँच प्रतिशतमा पु¥याएको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको युद्धको शीघ्र अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । ट्रम्पले युरोपेली मुलुकहरूलाई किनारा लगाउँदै किएभलाई खराब सम्झौतामा धकेल्न सक्ने आँकलनहरू भएका छन् ।

वासिङ्टन युरोपबाट पछि हट्ने सम्भावना मात्र होइन, ट्रम्पको अमेरिकी मित्रराष्ट्रहरूलाई कर वृद्धि गर्ने प्रत्यक्ष चेतावनीले उनीहरूलाई झकझकाएको छ ।

गत साता विभिन्न राजधानीको भ्रमण गरेका डेनमार्कका प्रधानमन्त्रीले ट्रम्पले ग्रीनल्याण्डबारे सार्वजनिक गरेको भनाइलाई लिएर चाहेको भन्ने कुरामा साझा धारणा बनाउने अपेक्षा गरिएको छ ।

निश्चित रूपमा, ईयूमा कर लगाउने ट्रम्पको धारणाबारे छलफल हुनेछ । भेलाले इयूलाई कर वृद्धि लक्षित भएमा ‘दृढतापूर्वक’ जवाफ दिने प्रतिज्ञा गरेको छ ।

रूसको बढ्दो खतरालाई ध्यानमा राख्दै, रक्षामा कदम चाल्नु पर्ने आवश्यकतामा युरोपेली मुलुकहरूले बृहत् सहमति गरेका छन् तर समस्या के हो भने उनीहरूलाई वास्तवमा कुन हदको समस्याका लागि तयार बन्ने भन्ने अनिश्चितता छ ।

इयूका एक अधिकारीले भने, “यो छलफलमा सहभागी सबैका लागि के कुरा स्पष्ट छ भने रक्षामा लगानी बढाउनुपर्छ ।”

“यो प्रश्न यदि भन्ने होइन कसरी भन्ने हो,” ती अधिकारीले भने ।

ब्रसेल्सले आगामी दशकमा रक्षा क्षेत्रमा थप ५०० अर्ब युरो (५१० अर्ब अमेरिकी डलर) लगानी गर्नुपर्ने अनुमान गरेको छ ।

मुख्य विभाजन रेखाहरू आवश्यक लगानीलाई कसरी वित्त पोषण गर्ने भन्नेमा रहेको छ । के इयूले आफ्नो नगदलाई इयूका लागि हतियारहरूमा मात्र खर्च गर्ने ? वा यसमा नेटोले कस्तो भूमिका खेल्ने भन्ने वरिपरि घुम्छ ।

त्यहाँ एक भौगोलिक विभाजन पनि छ । रूसको नजिकका देशहरूले पहिले नै ‘पश्चिम’ ले भन्दा धेरै काम गरिरहेका छन् ।

कोष प्रमुख प्रश्न हो र धेरै सदस्य राष्ट्रहरूले ठूलो संयुक्त ईयू ऋणको लागि दबाब दिइरहेका छन् ।

तर, यसै महिना चुनाव हुन लागेको जर्मनीले उक्त संवेदनशील विषयमा हुने छलफललाई बन्द गर्ने प्रयास गरेको छ ।

इयूका एक कूटनीतिज्ञले भने, “चिन्ताको विषय के हो भने वित्त पोषणको बारेमा छलफल गरिएन भने यसले आवश्यकतालाई सम्बोधन गर्ने छैन ।

समस्या के हो भन्ने सबैलाई थाहा छ समाधान पनि थाहा छ तर यसलाई प्रस्तुत गर्न कसैले चाहँदैन । चर्चा गर्ने तर समाधानका लागि अग्रसरता नदेखाउँदा समस्याको निराकरण हुने सम्भावना रहँदैन ।”

परिवर्तनको कुनै सङ्केत नदेखिएपछि इयू राष्ट्रहरूले समूहको ऋण दिने शाखा ईआईबीलाई रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा घटाउन आह्वान गरेका छन् ।

हतियारको विषयमा लामो समयदेखि आफ्नै उद्योगको बढी हेरचाह गरेको आरोप खेप्दै आएको फ्रान्सले इयूमा हतियार खरिद गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

अरूले देशले छिटो भन्दा छिटो आपूर्ति गर्न सक्नेलाई हेर्नुपर्छ भन्ने कुराको विरोध गर्छन् ।

उनीहरूको एउटा तर्क संयुक्त राज्य अमेरिकाबाट खरीद गर्ने र ट्रम्पलाई पक्षमा राख्ने एउटा उपाय हुनसक्ने रहेको छ ।

नेटोसँग श्रम विभाजन पनि चर्चामा छ किनकि ईयूका केही राष्ट्रले ब्रसेल्सलाई देशहरूको लागि आवश्यक लक्ष्यहरू निर्धारण गर्न दिनुपर्नेे बताएका छन् । यसले नेटोलाई चिढ्याएको छ ।

ट्रान्साटलांटिक सम्बन्धलाई लिएर शङ्का उब्जिरहँदा थुप्रैले आफ्नो पुरानो मित्र बेलायतसँग सम्बन्ध बढाउन चाहेका छन् ।

बेलायतले इयू छोडेको पाँच वर्षपछि प्रधानमन्त्री केइर स्टार्मर युरोपेली सङ्घको समस्यामा छलफलका लागि तयार देखिएको छ ।

ब्रेक्जिटपछि युरोपेली परिषद्को बैठकमा भाग लिने पहिलो बेलायती नेता स्टार्मरले युरोपेली सङ्घका नेताहरूलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि ‘निरन्तर भार वहन गर्न’ र ‘हाम्रो महाद्वीपमा रूसको बढ्दो विध्वंस र विनाशको अभियानबाट युरोपलाई सुरक्षित राख्न थप भार वहन गर्न’ आह्वान गर्ने योजना बनाएका छन् ।

ब्रेक्जिटको विवादपछि सम्बन्धलाई ‘रिसेट’ गर्न खोजेका स्टार्मरले बेलायत–इयूबीचको सम्भावित रक्षा र सुरक्षा सम्झौताबारे पनि छलफल गर्नेछन् ।

यसले बेलायतलाई आफ्नो शक्तिशाली सैन्य र ठूलो प्रतिरक्षा उद्योगसँग अलि नजिक ल्याउन सक्छ तर ब्रेक्जिटको तीतो विरासत भने कायमै छ ।

युरोपेली सङ्घका धेरै कूटनीतिज्ञहरूले माछा मार्ने अधिकारसम्बन्धी विवाद समाधान नभएसम्म र ब्रसेल्सले प्रस्ताव गरेको युवा गतिशीलता योजनाको विरोधलाई लण्डनले नत्यागेसम्म प्रगति हुन नसक्ने बताएका छन् ।
एएफपी/फाइल फोटो

वि.सं.२०८१ माघ २१ सोमवार १३:५८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...