back
CTIZAN AD

तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

वि.सं.२०८१ फागुन १४ बुधवार

507 

shares

दमौली (तनहुँ) । महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाम, आँबुखैरेनीस्थित शिवालय मन्दिरलगायत शिवालयमा भक्तजनको घुइँचो लागेको हो ।

मुक्तिनाथ च्वयनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआरधना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वासका साथ भक्तजन दर्शका लागि आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए ।

उनका अनुसार च्वयनधाममा निर्माण गरिएको शुक्लेश्वर महादेवको मन्दिर, वरपर निर्मित सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्दछ ।

मन्दिरका साथै यहाँ मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएका छन् । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै यहाँ बौद्ध गुम्बा निर्माण गरिएको छ ।

मुलुककै ठूलो हनुमान मन्दिर निर्माण हुने

तनहुँको देवघाट गाउँपालिका–५ मा मुलुकको ठूलो हनुमानको मूर्तिसहित मन्दिर निर्माण हुने भएको छ । देवघाटमा भएको भेलाले आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर निर्माणका लागि समिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा केशवचन्द्र न्यौपाने चयन हुनेछन् ।

देवघाट–५ स्थित मधुवन सामुदायिक वन समूहको क्षेत्रभित्र रहेको हनुमानको संरचनालाई पुनःनिर्माण गरी मुलुकको ठूलो मन्दिर बनाइने अध्यक्ष न्यौपानेले बताए ।

हालको आमोदिनाथ हनुमान तपस्थली मन्दिर मधुवन सामुदायिक वनभित्र परेकाले अब बन्ने मन्दिर पनि वनको कार्ययोजनामा सम्पन्न गर्ने मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले बताए । सो मन्दिरसम्म जानका लागि सीता सामुदायिक वनबाट पैदलयात्रा, सवारीसाधनमार्फत रानीवन सामुदायिक वन र मधुवन सामुदायिक वनबाट जाने तथा वैकल्पिक मार्गका रूपमा रातामाटे सुन्दरबस्ती गाउँलाई प्रयोग गर्न सकिने गिरीले जानकारी दिए ।

मधुवन सामुदायिक वनभित्र रहेको सीता पाइला, रानीपोखरी, सातभाइ चिहानलगायत पुराना ऐतिहासिक ठाउँलाई संरक्षण गर्दै हनुमान मन्दिर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गिरीले उल्लेख गरे ।

मन्दिरको निर्माण सुरु नहुँदै सहयोग रकम सङ्कलन भइरहेको मन्दिर निर्माण समितिले समितिले जनाएको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार मन्दिर निर्माणका लागि डा लक्ष्मीकान्त पाण्डेले रु एक लाख ११ हजार ११, भानुभक्त न्यौपानेले रु ११ हजार ११, प्रविण कार्कीले रु ११ हजार ११, सीता सामुदायिक वनबाट रु २२ हजार २२ सङ्कलन भएको छ ।

वि.सं.२०८१ फागुन १४ बुधवार १४:५८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...